जनमत पार्टीका सांसद अब्दुल खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई गरिएको भन्दै सरकारको निन्दा गर्नुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा आफ्ना कुराहरू राख्दै उहाँले सरकारको निन्दा गर्नुभएको हो । उहाँले गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण हुन गइरहेको समयमा चौधरीलाई पक्राउ गरिएको भन्दै यसले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजातिको एकता र राजनीतिक समन्वयनमा गम्भीर असर परेको बताउनु भयो ।