नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गर्ने सरकारसमक्ष माग गर्नुभएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको बताउनु भयो ।