रोमानियालीहरूको संघको लागि गठबन्धनका अध्यक्ष जर्ज सिमियन र बुखारेस्टका मेयर निकुसर डान मे १८ मा हुने रोमानियाको राष्ट्रपति चुनावको अगाडि आएका छन् । रोमानियाको स्थायी निर्वाचन प्राधिकरणले आईतवार पुनः सञ्चालनमा ल्याएको पहिलो चरणको राष्ट्रपति चुनावको वास्तविक–समय प्रारम्भिक नतिजा पछि यो घोषणा गरिएको हो । ९९.५३ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि ३८ वर्षीय सिमियनले ४०.५६ प्रतिशत मतसहित अग्रता कायम राख्नुभएको छ ।