कृषि उत्पादनमा वृद्धि गर्न तथा कृषि उपजमा परनिर्भरताको अन्त्य गर्न चक्लाबन्दी खेती नीति लागू गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप व्यवस्थित बनाउन अन्तरमन्त्रालय समन्वय जरुरी रहेको उनीहरुको भनाइ छ । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलयारले अगामी आर्थिक वर्षबो बजेटबाटै चक्लाबन्दी खेतिको गर्न जिल्ला तोकिनुपर्ने बताउनु भयो ।