राज्यमन्त्री गर्बुजाद्वारा शपथग्रहण

बैशाख २१, २०८२ आइतबार
राज्यमन्त्री गर्बुजाद्वारा शपथग्रहण

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुुहुुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images