राष्ट्रिय सभाका सांसदहरुले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले भारतको किट विश्वविद्यालय र बेलायतमा अध्ययनरत छात्रको मृत्युका घटनाबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले भारतको कलिंगास्थित किट विश्वविद्यालय अध्ययनरत छात्राको मृत्यु तथा बेलायतमा मृत भेटिएका एक व्यक्तिको कुटनीतिक पहलको माध्यमद्वारा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।