राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएकी प्रिसा साहको घटनाको निष्पक्ष छानविन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । आईतवारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शुन्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताउनु भयो । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीवार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।