गाजामा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने घर र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा शनिवार ३० प्यालेस्टिनीको मृत्यु भएको गाजामा नागरिक रक्षा विभागले जनाएको छ । प्रवक्ता महमूद बसालले पूर्वी गाजा शहरको शुजैया छिमेकमा रहेको घटास परिवारको घरमा भएको हवाई आक्रमणमा १० जनाको मृत्यु भएको बताउनु भयो । दराज छिमेकमा नागरिकहरूमाथि गरिएको ड्रोन आक्रमणमा चार जना र गाजा शहरको जेइटुनमा दुई जनाको मृत्यु भएको बताउनु भयो । दक्षिणी शहर खान युनिसमा आवासीय घरमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।