अक्टोबर ७, २०२३ मा इजरायली आक्रमण शुरु भएदेखि गाजापट्टीमा कुपोषणबाट कम्तीमा ५७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ । जसमा प्रायः बालबालिकाहरू छन् । इजरायली नाकाबन्दी र स्वास्थ्य क्षेत्रको व्यवधानबीच कुपोषणसँग सम्बन्धित मृत्युको संख्या बढ्दै गएको छ । अधिकारीले उल्लेख गरे कि लामो समयसम्म खराब पोषण र आधारभुत खाद्य आपूर्तिको अभावका कारण अधिकांश बासिन्दाहरू रक्तअल्पताबाट पीडित छन् ।