स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बीमा बोर्डको कोषमा एक खर्ब रकम जम्मा भएमात्रै नागरिकको अपेक्षाअनुसार राज्यले स्वास्थ्य सेवा दिनसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको सहुलियतपूर्ण स्वास्थ्य सेवाका लागि बीमा प्रणालीमा आवद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको लगानी र नागरिकको योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्य सेवा सहज हुने बताउनु भयो ।