आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँः पूर्वप्रधानमन्त्री खनाल

बैशाख २०, २०८२ शनिबार
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताउनु भयो । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने बताउनु भयो । उहाँले जनताका आवाजहरु बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्ने बताउनु भयो । सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images