प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताउनु भयो ।