परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताउनु भयो । उहाँले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।