वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताउनु भयो । उहाँले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउनु भयो । उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उहाँको भनाइ छ ।