दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डक–सूले राजीनामा दिएपछि शुक्रवार आफ्नो राष्ट्रपति पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । हानले राष्ट्रिय सभामा टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा जुन ३ को चुनावमा राष्ट्रपति पदको लागि उम्मेदवार हुने बताउनु भयो । उहाँले देशको भविष्यको लागि केही गर्न सकिन्छ की भनेर आगामी राष्ट्रपति चुनावमा जनताद्वारा निर्वाचित हुने आशा व्यक्त गर्नुभयो ।