राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले बासी नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउनुभएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले विगतका सरकारले ल्याएको तर फेल भइसकेका कार्यक्रमहरु सरकारले दोहो¥याएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रमलाई हावादारी कार्यक्रमको संज्ञा दिनुभयो । उहाँले संसारमा भएका विभिन्न परिस्थितिप्रति सरकार बेखबर जस्तो भएर नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले राष्ट्रपतिको स्वास्थ्यलाई ख्याल गरेर सरकारले छोटो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको भन्दै व्यङ्ग्य गर्नुभयो ।