राष्ट्रिय हक्की प्रतियोगिताः महिलातर्फ गण्डकीको दोस्रो जित

बैशाख १९, २०८२ शुक्रबार
राष्ट्रिय हक्की प्रतियोगिताः महिलातर्फ गण्डकीको दोस्रो जित

गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्पm दोस्रो जित निकालेको छ ।  ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी मिर्निनचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् । राउण्ड रोबिन लिगको आधारमा भैरहेको महिलातर्पmको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा त्रिभूवन आर्मी क्लव, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोलीले मात्र प्रतिष्पर्धा गरिरहेका छन् । लिगपछि शिर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images