‘सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको’ः ध्रुवबहादुर प्रधान

बैशाख १९, २०८२ शुक्रबार
‘सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको’ः ध्रुवबहादुर प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको भएको टिप्पणी गर्नुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद प्रधानले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले नेपाली नागरिकको मौलिक हकको समेत ख्याल नगरी कार्यक्रम अघि सारेको आरोप लगाउनु भयो । अहिले देशले भोगिरहेको समस्याहरु सम्बोधन गर्नुभन्दापनि सरकारको दैनिकीलाई नै नीति तथा कार्यक्रममा समावेश गरिएको उहाँको टिप्पणी छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images