नीति तथा कार्यक्रमले कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिएको छः मन्त्री भण्डारी

बैशाख १९, २०८२ शुक्रबार
नीति तथा कार्यक्रमले कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिएको छः मन्त्री भण्डारी

श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमले योजना र कार्यक्रमको दिशा निश्चित निर्देश गरेको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रम समयसीमा तोकेर हुने कामलाई हुने र नहुने कामलाई नहुने भनेर आएको बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा उद्यमशीलता, आन्तरिक रोजगारी, सीपयुक्त जनशक्ति तयार गर्नेदेखि कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिइएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेकाले मुलुकमा जुन किसिमको केही भएको छैन भन्ने भास्य निर्माण गरिएको छ त्यसलाई चिर्नका लागि दक्ष जनशक्ति तयार गर्ने र उद्यमशीलताको आधारमा नयाँपुस्ता लक्षित कार्यक्रम घोषणा गरिएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images