नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्ने भएपनि त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम मुलभुत रुपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताउनु भयो ।