नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

बैशाख १९, २०८२ शुक्रबार
नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । रोल... सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुभयो । सभाको बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन समेत गरेको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images