सरकारले केही आशा जगाउने कार्यक्रमहरु राखेर नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रश्तुत गरेको नीति तथा कार्यक्रमले केही आशा जगाउने खालको छ । सहकारी पीडितलाई राहतदेखि विपन्नलाई कर्जा दिनेसम्मका कार्यक्रमहरु राखिएका छन् । नीति तथा कार्यक्रमअनुसार सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था आगामी वर्ष भित्रै गर्ने भएको छ । त्यसका लागि किसानलाई परिचयपत्र दिइनेछ । किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गरिनेछ ।