नयाँ राष्ट्रिय सहकारी नीति जारी गरिने, वचतकर्ताको राहतका लागि कोष स्थापना गरिने

बैशाख १९, २०८२ शुक्रबार
नयाँ राष्ट्रिय सहकारी नीति जारी गरिने, वचतकर्ताको राहतका लागि कोष स्थापना गरिने

सरकारले नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले समस्याग्रस्त सहकारीका साना वचतकर्ताका लागि सहकारी नियमन प्राधिकरणमार्फत कोष खडा गरिने बताउनु भयो । उहाँले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images