सरकारले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसदमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गरिने बताउनु भयो ।