सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले किसानलाई परिचयपत्र दिइने बताउनु भयो । किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताउनु भयो । उहाँले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताउनु भयो ।