सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । आर्थिक वर्ष २०८२—०८३ को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने बताउनु भयो । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापनामा ध्यान दिइने सरकारको नीति छ ।