सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ । शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो ।