सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताउनु भयो । उहाँले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजश्व उठ्ने गरेको बताउनु भयो । उहाँले राजश्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने बताउनु भयो । संघ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजश्व उठाउन सकिने उहाँको भनाइ छ ।