हितेन्द्रदेव शाक्यले गरे विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

बैशाख १९, २०८२ शुक्रबार
हितेन्द्रदेव शाक्यले गरे विद्युत प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । पदबहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ विद्युत पहुँच पालिकाको हिसावले विद्युत पहुँच पुगेको बताउनुभयो । वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images