प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै उहाँले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताउनु भयो । उहाँले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।