ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली भ्याली बनाइने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने काममा महानगर लागिपरेको बताउनु भयो । उहाँले सबै मिलेर काम गर्दा कठिन नभएको बताउनु भयो । आइटी क्षेत्रमा काम गर्नेहरुलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताउनु भयो ।