जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यकः उपराष्ट्रपति यादव

बैशाख १९, २०८२ शुक्रबार
जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यकः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरित गृह ग्यास, उत्सर्जनमा नेपालको भुमिका नगण्य रहेको भएपनि यसबाट बढी प्रभावित हुने मुलुकमा नेपाल रहेको बताउनु भयो । उहाँले मुलुकको कुल भूभागको करिव ४५ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको र कुल भूभागको करिव २३ प्रतिशत जमिन संरक्षित क्षेत्रले ओगटेको बताउँदै वनको संरक्षणबाट वातावरण शुद्धिकरण गर्न र जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न सघाउ पुग्नुका साथै वातावरण बिगार्ने हानिकारक कार्बनलाई शोषण गर्न समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images