गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

बैशाख १९, २०८२ शुक्रबार
गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथको पूजाआज गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीवार गाःबहाल पु¥याइएको थियो । आज बिहान गाःबहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images