संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन्ः माधव नेपाल

बैशाख १८, २०८२ बिहीबार
संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताउनुभएको छ । मे दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गर्नुभयो । उहाँले संविधान संशोधन गर्ने भन्दै नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images