जेरुसेलम जंगलमा ठूलो डढेलोः प्रमुख राजमार्ग बन्द

बैशाख १८, २०८२ बिहीबार
जेरुसेलम जंगलमा ठूलो डढेलोः प्रमुख राजमार्ग बन्द

जेरुसेलमको पश्चिममा रहेको जंगलमा द्रुत गतिमा फैलिएको डढेलोपछि इजरायलले आफ्नो आपतकालीन शतर्कता उच्चतम स्तरमा बढाएको छ । साथै अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ । आगो र बाक्लो कालो धुवाँ टाढासम्म फैलिएपछि चालकहरू पैदल भागिरहेको देख्न सकिन्छ । अग्नि तथा उद्धार सेवाहरूले आगो नियन्त्रण गर्न देशभरबाट लगभग १२० टोलीहरू, अग्नि नियन्त्रक विमानहरू र हेलिकप्टरहरूको सहयोगमा खटाइएको र अन्य २२ टोलीहरू खटाइएको बताएको छ । पाँच समुदायहरूलाई खाली गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images