‘माई अंकल चाउ एनलाई’को नेपाली संस्करण बुधवार सार्वजनिक गरिएको छ । दिवंगत चिनियाँ प्रधानमन्त्रीका भतिजा झोउ एर्लिउले लेखेको जीवनी नेपाली संस्करणको विमोचनसँगै १० फरक भाषामा विमोचन गरिएको छ । लेखककी छोरी झोउ रोङले पुस्तकले चीनका सबैभन्दा प्रिय नेताहरूमध्ये एक र यसको पहिलो प्रधानमन्त्रीको स्पष्ट र हृदयस्पर्शी तस्बिर चित्रण गर्ने बताउनु भयो । यस संस्करणका अनुवादक अजय शर्माले हुनुहुन्छ । प्रत्येक अध्याय अनुवाद गर्दा आफूलाई चिनियाँ इतिहासका महत्वपूर्ण घटनाहरूबाट यात्रा गरिरहेको जस्तो महशुस भएको बताउनु भयो ।