नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

बैशाख १७, २०८२ बुधबार
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन् । एकीकृत समाजवादीले अपमानपूर्ण इतिहासलाई बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिन, बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको पत्रमा उल्लेख गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images