‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

बैशाख १७, २०८२ बुधबार
‘एक घर एक धारा’ कार्यक्रमको पूणरुपमा कार्यान्वयन गर्न संसदीय समितिद्धारा सरकारको ध्यानाकर्षण

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी नीति तथा कार्यक्रममा समावेश गर्न सरकारलाई सुझाव दिएको छ । बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो सुझाव दिएको हो । बैठकले विदेशी पर्यटकरुलाई नेपाल भ्रमण गर्न उपयुक्त वातावरण सिर्जना गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अगामी आर्थिक वर्षको बजेटमा कम्तीमा कुनै दुई वा तीन कृषि बालीमा आत्मनिर्भर हुनेगरी ठोस नीति तथा कार्यक्रमको घोषणा गर्न सुझाव दिएको छ । बैठकले कृषि उपजको आयात कम गर्दै लैजाने करमार्फत स्वदेशी कृषि उपजलाई संरक्षण दिँदै कृषि उपजको निर्यातमा जोड दिन समेत सुझाव दिएको छ । बैठकले शुद्ध र पर्याप्त पिउने पानी (एक घर एक धारा कार्यक्रम)को पूर्णरुपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images