वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई हरेक नेपालीको गौरवशाली कार्यक्रमका रुपमा लिनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भुमिका’ विषयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथा संवादलाई आगामी पुस्ताले गर्व गर्नसक्ने अवस्थामा स्थापित गराउनु पर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनका विषयमा विश्वको सबैभन्दा उच्च स्थानबाट प्रवाह गरिने सन्देशका रुपमा सगरमाथा संवादलाई अगाडि बढाउनुपर्ने बताउनु भयो ।