वागमती प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ताहरूको एकदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । स्थानीय न्याय पहुँचलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहजकर्ताहरूको ज्ञान, सीप र कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा कानूनी साक्षरता, वैकल्पिक विवाद समाधान प्रणाली र स्थानीय न्यायिक समितिका कार्यप्रणालीबारे प्रशिक्षण गरिने बताइएको छ ।