सत्ता गठबन्धनमा रहेको दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि जानकारी दिँदै नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल भएको जानकारी गराउनुभएको हो । उहाँले सत्ता सहयात्री दलहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्यमुख्य विषयवस्तुमा महत्वपूर्ण सुझाव दिएको बताउनु भयो ।