नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी एकता हुन नदिन पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले पक्राउ गरेको आरोप लगाउनुभएको छ । बुधवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी नदिएको बताउनु भयो ।