टर्कीये सरकारले सोमवार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ । केही सञ्चारमाध्यममा टर्कीएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए । सरकारको सञ्चार निर्देशनालयले एउटा टर्कीको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन भर्नको लागि मात्र पाकिस्तानमा अवतरण गरेको बताएको छ । राजधानी अंकारामा मन्त्रिपरिषद्को बैठकपछि सोमबार पत्रकारहरूसँग भेट गर्दा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भारत र पाकिस्तान बीच संयमताको लागि आह्वान गरेपछि यो अस्वीकार आएको हो ।