मार्क कार्नीको लिबरल पार्टीले क्यानडामा सोमवार भएको संसदीय निर्वाचनमा जितेको छ । मार्क कार्नीको लिबरल पार्टीले ४५ औं संघीय चुनावमा अल्पसंख्यक सरकार गठन गर्न पर्याप्त सिट जितेर सत्तामा कब्जा जमाएको छ । प्रधानमन्त्री रहने अपेक्षा गरिएका कार्नीले ओटावाको नेपियन राइडिङमा पहिलो पटक संसदमा सिट जित्ने अनुमान गरिएको छ । ओटावा नदीको क्युबेक छेउमा रहेको हल–एल्मरको राइडिङमा सभामुख ग्रेग फर्गसले प्रारम्भिक विजय हासिल गर्नुभएको छ ।