सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्ता निष्कर्षउन्मुख देखिए पनि सहमति भने हुन सकेन। आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन्। शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। बार्ता पछि बाहिरिने क्रममा संचारकर्मीहरु सँग बोल्दै नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफुहरु जिम्मेवार भएको बताउनु भयो।