स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभएको छ । अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो ।