निराशाको खेतीले राष्ट्रलाई कमजोर बनाउँछः पर्यटनमन्त्री पाण्डे

बैशाख १६, २०८२ मंगलबार
निराशाको खेतीले राष्ट्रलाई कमजोर बनाउँछः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले अहिले आशाभन्दा बढी निराशाको संप्रेषण भइरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले निराशाको खेतीले राष्ट्र र समाजलाई कमजोर बनाउने बताउनुभएको हो । उहाँले यस प्रकारका प्रचारबाजीले सबैलाई खलपात्रका रुपमा चित्रण गरिरहँदा युवाहरुको जमातमा नकारात्मक प्रभाव पर्ने र मुलुक बन्दैन भनेर विदेश पलायन हुने अवस्था बढ्ने र झन मुलुक निर्माणमा समस्या थपिने बताउनु भयो । मन्त्री पाण्डेले सबै राजनीति र सामाजिक क्षेत्रमा स्वच्छ मानिसहरुको खोजी भइरहेको र अब गुणस्तरीय काम गर्नुपर्ने अवस्था रहेको स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images