राष्ट्रपति पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने

बैशाख १६, २०८२ मंगलबार
राष्ट्रपति पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुने भएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराउनुभएको हो । उहाँकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्नु हुन आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images