भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन

बैशाख १६, २०८२ मंगलबार
भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भनेः कुनै किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन

भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा जानुभएको छ ।  भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भएपनि कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । उहाँले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिनुभयो । उहाँले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनैपनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images