राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकको कुल विद्युत खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत मात्रामा बिजुली निकासी गर्नेकुरा सरकारको उद्देश्य हुनुपर्ने बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको राजश्वले साधारण खर्च पनि धान्न नसकेको भन्दै देशको युवाहरु विदेशमा गएर बगाएको खुन पसिनाले कमाएको रेमिट्यान्सले जिडिपीको ७५ प्रतिशत वार्षिक सामान आयात गर्ने क्षमता रहेको बताउनु भयो ।